नियम ६३
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न विदा दिन सकिने
कुनै निजामती कर्मचारीले विदा लिई ऐनको दफा ४९क. को
उपदफा (२) को खण्ड (ग) बमोजिम सेवा गर्न जान निवेदन दिएमा र यसरी सेवा गर्न पठाउंदा नेपाल सरकारलाई समेत उपयोगी हुने
पर्याप्त आधार रहेमा नेपाल सरकारले नियम ६२ बमोजिम निजले पाउन सक्ने असाधारण विदाबाट कट्टा हुने गरी पछि निजामती सेवा
गर्न फर्कि आउने कबुलियत गराई निजलाई त्यस्तो सेवा गर्न जानको लागि अनुमति दिन सक्नेछ ।